३१ भाद्र २०८१, सोमबार
समाचार समाज

कैलालीमा हाइस दुर्घटना, मापसे गरेका चालक पक्राउ

२३ भाद्र, काठमाडौँ ।  कैलालीको लम्कीमा इलेक्ट्रोनिक हाइस दुर्घटना भएको छ । आइतबार बिहान लम्कीचुहा नगरपालिका – ३ ढुंगेबजार स्थित पुर्वपश्चिम राजमार्गमा हाइस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त सुपप्र ००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस सडकबाट बाँया तर्फको सडकको नालामा खसेको छ । दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेका उक्त हाइसका चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका – ४ का २४ वर्षीय शेर बहादुर साउँदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्