४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कैलालीको खुटिया नदीमा डुबेर एक किशोरी बेपत्ता, बालिका सिकिस्त

२३ भदौ, काठमाडौँ । कैलालीको धनगढी स्थित खुटिया नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन भने एक बालिकाको उद्धार गरिएको छ ।

आइतबार दिउँसो धनगढी उप–महानगरपालिका – १५ र ७ को बिचमा पर्ने बेली पुल नजिकै खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका – १४ का महादेव अवस्थीको छोरी १६ वर्षीय जेनिशा अवस्थी बेपत्ता भएकी हुन । नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सँगै नुहाउन गएकी उनकी बहिनी १४ वर्षीय सवि अवस्थीको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि अहिले धनगढी तर्फ पठाएको र अवस्था सिरियस रहेको प्रहरीको भनाइ छ । बेपत्ता जेनिशा खोजी जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्