४ आश्विन २०८१, शुक्रबार
खेलकुद समाचार समाज

काभा वुमन्स च्याम्पियनसिप खेल्न जाने नेपाल प्रहरीको महिला भलिबल टोलीको बिदाइ

२३ भाद्र, काठमाडौँ । मालदिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना सहित बिदाइ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई बिदाइ गरेका हुन् । उक्त टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल छन् ।

नेपालका लागि च्याम्पियनको हैसियतमा पुलिसले काभा महिला क्लब भलिबल खेल्न लागेको हो ।

पहिलो पटक हुन लागेको काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप खेल्न लागेको पुलिसले उपाधि जित्ने लक्ष्य राखेको छ ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन शुभकामना दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्