४ आश्विन २०८१, शुक्रबार
राजनीति समाचार

विकास निर्माणका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

२३ भाद्र,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्वर्) जिल्ला कमिटीले जिल्लाको विकास निर्माण र भौतिक पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सो जिल्लाका केन्द्रीय  सदस्य, पार्टीबाट गण्डकी प्रदेश सरकारमा रहेका मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितको प्रतिनिधिले सो ध्यानाकर्षण गराएको हो ।

मागपत्रमा जिल्लाको नामकरण नवलपुर राखिनुपर्ने, धौवाधी फलाम खानीको उत्खनन कार्य निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमुना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्ने लगायत छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट लाग्न आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्