४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

अटो दुर्घटना हुँँदा २ जना घाइते

२४ भाद्र,  धनगढी ।कैलालीको गोदावरीमा अटो दुर्घटना हुँँदा २ जना घाइते भएका छन । गोदावरी नगरपालिका–३ चुट्के बजारमा से १ ह १५३३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।

घाइते हुनेमा अटो चालक ४० वर्षीय अर्जुन सुनार र अटोमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी ३५ वर्षीया मानमती कार्की रहेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्