क्यानडा सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा
२५ भाद्र, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो। नेपाल नामिबियासँग दुबै खेलमा पराजित हुँदा, नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो। नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ।
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल नेपाली टोलीमा सामावेश छन् ।
प्रतिक्रिया दिनुहोस्