खुस्मा’मा द्वन्द्वकालिन समयको प्रेमकथा देख्न पाइने
२५ भदौ, काठमाडौं । अशोक थापा मगरद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘खुस्मा’को ट्रेलर रिलिज भएको छ । मंगलबार धिरज मगरको जन्मदिन पारेर काठमाडौंमा आयोजित कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो ।
रिलिज ट्रेलरमा मुख्य कलाकार धिरज मगर र उपसना सिंह ठकुरी लगायतलाई देख्न सकिन्छ । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ ।
लेखक एवं निर्देशक अशोक थापा मगरका अनुसार द्वन्द्वकालको समयको प्रेमकथामा यो फिल्म बनेको हो । यद्यपि द्वन्द्वको कथा भने नभएको उनले बताएका छन ।
आयोजित कार्यक्रममा निर्माण टिमले केक काटेर धिरजको जन्मदिन सेलिब्रेसन समेत गरेको थियो ।
ट्रेलर रिलिज गर्दै निर्देशक अशोक थापा मगरले फिल्ममा मिहेनत बढि भएकाले दर्शकहरुले मन पराउने बताए । उनले कलाकार सबैले गरेको मिहेनतलाई दर्शकहरुले बेवास्ता नगर्ने बताए ।
यस्तै मुख्य कलाकार धिरज मगरले जन्म दिनको दिन ट्रेलर रिलिज गरेर गिफ्ट नै गरेको बताए । उनले यो फिल्मले गर्दा नै आफ्नो गाउँघरको अवस्था देख्न र बुझ्न पाएको बताए ।
साथै कलाकार उपसना सिंह ठकुरीले कडा मिहेनत गर्ने टिमसँग पहिलो पटक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् । चलचित्र ‘खुस्मा’ यही असोज ३ गते रिलिज हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्