९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

कारागारमा नयाँ  बुद्धको जन्म !(बिचार)

पौषको महिना थियो | जाडोले आफ्नो बिकराल साम्राज्य फैलाईरहेको पनि | त्यसमाथि, काठमाण्डौको चिसो पानी ! कारागारमा चुडामणि राजबन्दीको रुपमा थुनिएको केहिदिन मात्र भएको थियो | उसका अन्य राजबन्दी साथीहरु भने घाम ताप्दै अनि पान खादै गफमा मस्त थिए | उ भने टाढाबाट उभिएर नियाल्दैथियो  |कारागारको गेटमा प्रशस्त सैनिकहरु थिए, मानौ ति सब देशका रक्षक नभई राजाका भरौटे रक्षक हुन | उ कहिले ति सैनिकदेखी रिसाउथ्यो भने कहिलेकाही उसलाई ति उपर दयापनि लाग्थ्यो |

मान्छेका थरिथरिका चेतनाको स्तर देखेर उ चिन्तित पनि हुन्थ्यो |”राजा भगवान हुन,अनि जनताचाही रैती मात्र”!-येही सुनेर उ दिक्क हुन्थ्यो | तेहि सोच्तै उ लाग्यो आफ्नो सुत्ने कोठातिर | आफ्नो एक राजबन्दी साथीको खाटको सिरानीमा श्रीमद्भागवतको किताब देखेर उ उत्सुक भएर पढ्न थाल्यो | उ त पढ्दा पढ्दै मग्न भएर हराउन पुग्यो पढाईसंगै | यस्तै थियो उ पढाईसंगै हराउने पढक्कड !

केहिबेरपछी उसका साथीहरु आए त्यहाँ, हल्लाखल्ला गर्दै | उसको हातमा भएको भागवत गीताको पुस्तक देखेर उस्को एकजना मिल्ने साथीले कटाक्ष गरिहाले-“के हो चुडाजी,हातमा कमण्डलु लिएर कृष्णको नाममा हराउने बिचार छ क्याहो ! जय कृष्ण-जयराधे भन्दै ? हार खाइयो कि राजनीतिबाट, जेलको हावा खाएर !”उ पनि के कम, मुस्कुराउदै भन्न पुग्यो-“भोगी बन्न नपाएपछि जोगी नबनेर भयो र मित्र !

म त हाम्रो यो राजनीतिको युद्धमा लड्नु अघिनै हारीसकें |”सबैजना कुरा नबुझेरै गलल्ल हास्न पुगे |तेसपछी चुरोट सल्काउदै पिउन लागे, मानौ चुरोटको धुवांसंगै जेल बस्दाका आफ्ना सारा दु:ख –दर्द फाल्न सकिन्छ | बस्,सबैनै रम्न पुगे, तेहि चुरोटको धुवां र थरिथरिका राजनीतिक गफहरुमा | आखिर चुरोट र  राजनीति दुवै परे ,नशा जस्तै | त्यसरी सचेत राजबन्दीहरु समेत चुरोटको कुलतमा फस्दै थिए,क्यान्सरलाई खुलमखुला आमन्त्रण गर्दै | यस्तै हुन्छ सायद, राजबन्दीहरुको पारा कारागारमा |

सक्रिय राजनीतिमा लागेदेखि चुडामणिले साहित्यिक पढाई-लेखाईको कामबाट झन्डै बिस्राम लिएको थियो | आफ्नो कलेज जीवनमा उस्ले धेरै साहित्यका पुस्तक पढेको थियो भने देखासिकीमा केहि कथाहरु लेखेको पनि थियो | त्यसरी कथा लेख्दैगर्दा उस्ले कथाकारितामा प्रसिद्दी पनि कमाएको थियो | उ नेपाली भाषाको कथाकारितामा मनोविज्ञान तथा यौनमनोविज्ञान भित्र्याउने पहिलो कथाकार थियो |

उ पढ्न र लेख्न सधै अघि सर्थ्यो | बिना चिन्तन र साधनाको लेखाईलाई उ तेती महत्व पनि दिन्थेन | उस्को लागि नयाँ किताब पढ्नु ,नयाँ साथी बनाउनु भन्दा ठूलो थियो | यस्तै थियो उ, चिन्तनशील अनि युनिक पाराको!कारागार चुडामणिकोलागि  कारागार भएन, किनकि उ तेस्मा हराउन पनि चाहेन | उ बास्तबमा पिंजडाको सुगा भएपनि कल्पनिकतामा टाढा उडान गर्नपुग्थ्यो,पुतलीहरुसंग पखेटा सापट मागेर |

उ त कहिले महाभारतको युद्दस्थल पुग्थ्यो भने कहिले कोशीको किनारतिर | कहिले उ आफ्नो बाल्यकाल सम्झेर आल्हादित हुन्थ्यो भने कहिले उ आफ्नो जन्मस्थान बनारस सम्झेर गदगद हुनेगर्थ्यो | कहिले उ देशका दूरदराजका कृषक सम्झेर भाबुक हुन्थ्यो | उस्को आफ्नै दुनियाँ थियो ,नितान्त बेग्लै | उस्ले आफुलाई कैदी मान्दै मानेन | त्यस्तै थियो उ, मनमौजी पाराको | उ त साहित्यमा आफुलाई अराजकताबादी मान्ने गर्थ्यो ,त्यो पनि सगर्व ! दुनियाँ यौनका कुरा गर्न डराउथे तर उ तेहि कुरा खुलेर लेख्ने गर्थ्यो,भन्ने मात्र हैन |

अरुहरु ढोंगी थिए, यौनमा रमेर भन्न र लेख्न डराउने तर उ यौनको कुरा निर्धक्क भन्ने गर्थ्यो, प्राकृतिक आवस्यकताको रुपमा | उ यौनको बास्तबिकतालाई निर्धक्क        स्विकार्थ्यो | उ आफुलाई निर्बन्ध ठान्थ्यो शायद ! उ रम्थ्यो आफ्नै  पारामा | यस्तै हुन्छन सायद, आफैलाई विश्वास गर्ने साहित्यप्रेमीहरु ! बास्तबमा उ तेस्तै पाराको थियो,आफैमा रम्ने अनि आफैलाई विश्वास गर्ने |

आफ्नो जेल बसाइमा चुडामणिले आफ्नो बिगत पनि नियाल्न कोशिस गर्यो | हो,उस्ले राणाकालको भयाबह स्थितिमा समेत क्रान्ति गरेर क्रान्ति नायक बन्न सफल भएको थियो | बी.स. २००७को क्रान्तिको पुनर्मुल्यानकन गर्न पनि कोशिस गर्यो | आफूले राजामाथि  गरेको अन्धविश्वास सम्झ्यो | आफू आफ्नो पार्टीको पहिलोपटक सभापति भएको कुरा सम्झ्यो |

आफू आफ्नो देश नेपालको पहिलो जननिर्बाचित प्रधानमन्त्री भएको सम्झ्यो | आफ्नो सम्मानमा पाएका तालिहरु सम्झ्यो | बिपक्षीहरुले दिएका गालीहरु सम्झ्यो | ताली र गालिलाई सजिलै लिने आफ्नो बानी पनि सम्झ्यो | आफुमा युवाप्रतिको विश्वास सम्झ्यो | देशका लागि आफूले गरेका केहि आफ्ना राम्रा कामहरु सम्झ्यो | गरिब किसानको फोटो र बास्तबिकता सम्झेर योजना बनाउन आफूले दिएका निर्देशनहरु सम्झ्यो | उसलाई आफू जेलमा बसेपनि एउटा गर्बछ,निरंकुस राजाको कानुनमाथिको खेलबाड र लहडी पाराले पिडित भएपनि |

उ बास्तबमा जनताले चुनेको पहिलो नेता थियो,देश चलाउने अधिकार पाएको | तर अलिकति खेद  छ,राजालाई सम्झाउन नसकेकोमा | किन उ आफ्नो पार्टी भन्दा माथि उठ्न सकेन ? किन सबैको प्यारो भएर सबैलाई लिएर एकसाथ उ अगि बढ्न सकेन ? यहि कुरा भने उस्को दिमागमा आउनेगर्छ यदाकदा | त्यसबेलाको परिस्थिति  बुझ्न नसकेकोमा भने उ अलिकति खिन्न पनि छ | यस्तै  चिन्तनशिल छ उ !

चुडामणिले त्यस रात गजबको सपना देख्यो हिटलरको बारेमा | हिटलर कहिले आफ्नो वास्तविक रुपमा देखिन्थ्यो भने कहिले श्रीपेचधारी राजाको रुपमा | जताततै भयाबह  युद्ध अनि मान्छेका क्रन्दन ! सपनाको स्थान भने काठमान्डुकै कुनै ठाउँ थियो |” यो हुनसक्तैन भन्दै “ उ ब्युँझियो | सपना सम्झेर उ एकदम खिन्न भयो | दिनभरी उ दिक्क भयो, कतै यो नेपालमा हुनसक्ने भबिस्यको आन्दोलनको संकेत हो कि भनेर |

तेहि दिउसो आफुलाई भेट्न आएका साथीलाई भनेर हिटलरको बारेमा लेखिएका किताबहरु मगायो | केहिदिन तिनै किताबहरु अध्ययन गरेरनै बितायो | उसका लागि पुस्तक पढ्नु नशा जस्तै थियो | नयाँ पुस्तक नपाए उ पुरानो पुस्तकनै पढ्ने गर्थ्यो  | अर्को  पटक पढ्दा उ किताब अर्कै तरिकाले बुझ्ने गर्थ्यो | उसको पाराले उसका साथीहरु उसलाई  “किताबको किरो “उपमा दिने गर्थे |

एकदिन त उसका एक मित्रले भनिहाले –“चुडाजी ,राजालाई मैले पढ्न पाइन  भनेर बिन्तीपत्र  हालेर यता जेलमा आइयोकी क्या हो !”उ पनि के कम, भनिहाल्यो –“सुन्दरीजलको  एस्तो मनोरम  एकान्त स्थानमा पढ्नुको अनि लेखाइमा बहनुको महत्व बुझ्न कोशिस गर्नोस मित्र ! म त सारा जीवन यहि ठाउमा पढाई– लेखाइको लागि बसुझैँ लाग्छ |”उसको कुराले सबैनै एकछिन हास्न पुगे | जेल बसाइका सारा दुख दर्द  भुल्न लेख्ने र पढ्ने उसको पाराले भने सबैनै साथीहरुले उसलाई नमन गरे दिलदेखि | यस्तै थियो उ, अरुभन्दा बिशेस अनि कारागारमा बस्दा पनि सृजनामा रम्न सक्ने प्रतिभाशाली !

केहि समयपछिको सशस्त्र क्रान्ति असफल भएपछिभने उ आफ्नो कारागारको बसाइमा राजनीतिबाट मनमनै हात उठाएर लाग्यो पढाई लेखाइको दुनियाँमा | राजनीतिमा सायद, उ समय अघि पो थियोकी ! बिस्तारै कारागार उसको लागि पिपल बोट साबित भयो पढाई लेखाइरुपी  ध्यानमा मग्न हुने स्थान ! उ चिन्तन पनि गर्दै गयो | साँच्चै उस्ले  पैलाउदै गयो , कारागारमा आफू हिड्ने बाटो पनि |

उ साहित्यको आख्यान विधामा दिलदेखी रम्दै गयो ,अनि उ तेसैमा हराउदै गयो | उ भित्रको प्रतिभा  बिस्तारै जुर्मुराउदै गयो | उ काल्पनिक दुनियाँमा रमाउदै पनि गयो, किनकि उ आफुलाई कारागारको चार किल्लामा थुन्न्न्न चाहदैनथ्यो | एउटा मनमौजी मान्छेलाई कस्ले पो थुन्न सक्थ्यो र ! उसका अघि हाम्रा धर्म शास्त्रका श्रीकृष्णको अघि कारागारका बन्धन एक एक गरेर खुलेझैँ  भयो |

उ उन्मुक्त भएर दुनियाँ विचरण गर्न लाग्यो | उसका लागि भूगोलका सिमानाहरू मेटिन पुगे | उ त धर्तिको एक चेतनसिल मानब मात्र भयो | एस्तो काल्पनिकतामा रम्ने मान्छेलाई कसैले अघि बढ्नकसरि पो रोक्न सक्छर ,चाहे त्यो कारागारनै किन नहोस् ! हो ,उ तेस्तै खास कैदी थियो त्यो पनि आफैलाई भगवान मान्ने राजाको निजि- बन्दि अर्थात् राजबन्दी !

चुडामणिलेकारागारबाटै  इन्द्रमायाका जीन्दगिका घुम्तीहरु चियाउन पुग्यो | उस्ले तेहिबाट नरेन्द्र –गौरी  र मुनरियाको जीवन गाथा नियाल्यो | उस्ले तेहिबाट सुम्निमा –सोमदत्त र  पुलोमालाई महसुस गर्यो | उस्ले श्वेतभैरबी ,मोदिआइन अनि राइटरबाजेलाई आत्मसात गर्नापुग्यो | अझ उस्ले त्यहिबाट हिटलर- यहुदी -भागवत गीता अनि दोस्रो महायुद्द्को समन्वयको महागाथा  रच्न पुग्यो|

उस्ले आफुमा बिस्वबान्ध्वत्वको भाब भित्र्याउन सफल भयो | मान्छेका मनोभावना अनि यौन भावना उजागर गर्न  उस्ले कोशिस गर्यो |महिलाका मनोभावना लेख्न उ कत्ति पनि हिचकिचाएन | उ समाजमा बास्तबिक लुकेको कथा भन्न पनि कत्ति डराएन | उ अरुको पछि लाग्दै लागेन ,उ त आफै आफ्नो गोरेटो खन्दै अगि बढ्यो | उसको लेखाइबाट  बन्दुके राजा टाउकोमा हात लाउन पुगे भने राजाका आसेपासे भएका साहित्यिक पुरस्कार दाताहरु जिल्ल परे, उस्को प्रतिभाले हायल कायल भएर | उ त त्यतिबेलाका सबै पुरस्कार भन्दा धेरै माथि थियो | हो,उ तेस्तै स्वाभिमानी थियो ,सगर्व आफुलाईनै विश्वास गर्ने |

त्यसरी बिस्तारै राजबन्दि चुडामणि कारागारको आठ बर्से बसाइमा बुद्धमा रुपान्तरित भयो ,नेपाली साहित्यको आख्यान क्षेत्रमा | हो ,बास्तबमा कारागारमा अर्को बुद्धको जन्म भयो –नेपाली साहित्यको आख्यान विधाको , नयाँ बुद्ध ! (नेपाली साहित्यको कथा क्षेत्रमा मनोविज्ञान र यौन मनोविज्ञान भित्र्याउने ऐतिहासिक कथाकार बिश्वेश्वर प्रसाद कोइरालाको न्वारनको नाम चाँही चुडामणि थियो रे!)

 

 

प्रतिक्रिया दिनुहोस्