४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

विश्वकप छनोट : कोलम्बियाले अर्जेन्टिनालाई हरायो

२६ भाद्र, काठमाडौँ ।  विश्वकप फुटबल छनोट खेल अन्तर्गत दक्षिण अमेरिका छनोट खेलमा अर्जेन्टिनाले कोलम्बियाबाट हार बेहोरेको छ । कोलम्बियाले अर्जेन्टिनालाई २-१ ले पराजित गरेको हो । लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए ।

खेलको २५ औँ मिनेटमा कोलम्बियाले येरसन मोस्क्वेराको गोल गरेपछि कोलम्बिया १-० को अग्रतामा अघि बढ्यो । तर ४८ औँ मिनेटमा अर्जेन्टिनाले अग्रतालाई बराबरी बनायो । उसको लागि निकालेस गोन्जालजले बराबरी गोल फर्काए ।

खेलले ६० औँ मिनेटमा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे । र खेल कोलम्बियाले जित्यो ।

मङ्गलवारका अन्य खेलमा इक्वेडरले पेरुलाई १-० र बोलिभियाले चिलीलाई २-१ ले हराए । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्