४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

खातामा स्रोत नखुलेको पैसा भेटिएपछि डिआइजीको सरुवा

२६ भाद्र, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक(डिआइजी)को जिम्मेवारी हेरफेर गरेको छ । डिआइजीहरु यज्ञबिनोद पोखरेल, लालमणि आचार्य र राजेश बाँस्तोलाको सरुवा भएको हो ।

मधेस प्रदेशका कार्यरत डिआइजी पोखरेलको प्रदेश समन्वय विभागमा सरुवा भएको छ । उनी आर्थिक विवादमा तानिएका थिए । खातामा स्रोत नखुलेको पैसा भेटिएको भन्दै उनीमाथि छानविन भएको थियो । जसमा निर्दाष नदेखिएपछि सरुवा भएको स्रोत बताउँछ । मधेस प्रदेशमा लालमणि आचार्यको सरुवा भएको छ । उनी नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा कार्यरत थिए। प्रहरी शिक्षालय भरतपुरमा प्रहरी प्रधान कार्यालयमा कार्यरतराजेश बास्तोलाको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्