४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

होटेलबाट अनैतिक कृयाकलापमा संलग्न युवायुवती पक्राउ

२७ भाद्र, काठमाडौँ । अत्तरियामा होटेलबाट अनैतिक कृयाकलापमा संलग्न युवायुवती पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका२ अत्तरियास्थित दार्चुला सोहन होटेलबाट अनैतिक कृयाकलापमा संलग्न युवायुवती पक्राउ परेका हुन् ।

सो होटेलमा अनैतिक कृयाकलाप भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटेल सञ्चालकसहित एक महिला र दुई जना पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्