११ मंसिर २०८१, मंगलवार
मुख्‍य समाचार समाचार समाज

करेन्ट लागेर एक बालकको मृत्यु

२७ भदौ, काठमाडौं । करेन्ट लागेर कैलालीको गोदावरीमा एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर बिहीवार बिहान मृत्यु भएको हो ।

घरमा खेल्ने क्रममा नाङ्गो तार छोइदा करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्