४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

खुटिया नदीले पार गर्यो सतर्कता तह

२८ भाद्र,  काठमाडौं ।  कैलालीको खुटिया नदीले जल सतर्कता तह पार गरेको छ।मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोलि बिहान सम्म सचेत रहन विभागले आग्रह गरेको छ।

सुदूरपश्चिममा बिहीबारदेखि भारी वर्षा भैइरहेको छ । लगातारको बर्षाका कारण यस क्षेत्रका नदीहरुमा पानीको सतह बढेको छ ।
प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस्