११ मंसिर २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

मुलुकले लगानी र लगानीमैत्री वातावरण चाहेको छ : मन्त्री भण्डारी

२८ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजको परिवेशमा मुलुकले लगानी र लगानीमैत्री वातावरण चाहेको बताएका छन् ।

शुक्रबार क्यापिटल बिजनेस म्यागजिन समिटद्वारा सञ्चालित होटल शिखर सम्मेलन–२०२४ को अवसरमा बोल्दै मन्त्री भण्डारीले परिवेशले मात्र नभइ सरकारले पनि लगानीमैत्री वातावरण चाहेको बताएका हुन् ।

उनले भने,‘आजको परिवेशमा मुलुकले लगानी र लगानीमैत्री वातावरण चाहेको छ । सरकारले पनि त्यहीँ चाहेको छ । निजी क्षेत्रले पनि त्यहीँ चाहेको छ । राज्यका अरु निकायहरुले पनि त्यहीँ चाहेको छ तर पनि वातावरण बन्न सकिरहेको छैन ।’

साथै उनले लगानीमैत्री वातावरण बनाउन नसक्नुको मुख्य कारण खोजी गर्नुपर्ने बताए । उनले यो मान्छे बेठिक यो मान्छे सही भन्ने भाष्यका कारण नै लगानीमैत्री वातावरण अलमलमा परिरहेको बताए ।

उनले समस्याको समाधान निकाल्नुपर्ने बताए । यस्तै उनले सरकारदेखि निजी क्षेत्र ढुक्क नभएको अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्