संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल
२८ भदौ, काठमाडौँ । प्रधान न्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद बैठकमा नयाँ प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि नाम भने सिफारिस गरिएन् ।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि कुनै निर्णय नभएको संवैधानिक परिषद सदस्य एवम् उपसभामुख इन्दिरा रानामगरले बैठकपछि जानकारी दिनु भयो ।
बैठकमा आज प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भयो । सिनियर बरिष्ठत् न्यायाधीशको बारेमा छलफल भएको छ । थप छलफल गरेर परिपक्क निर्णय लिने निश्कर्षमा पुगेका छौ । भदौ ३१ गते पुन: बैठक बस्ने छ । आज कुनै निर्णय भएको छैन,” उपसभामुख रानामगरले भन्नु भयो ।
प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले यसअघि नै ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्