२ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

गोरखामा भएको सवारी दुर्घटनामा नेपाली सेनाका लेस नायकको मृत्यु

३० भाद्र, काठमाडौं ।  गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शनिवार दिउँसो ट्रिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

अर्का एक जना गम्भीर घाइते भएका छन् । शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर भएका २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो । दु

र्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । दुबै जना गोरखास्थित नेपाली सेनाको रिप मर्दन गणमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव पाठकले बताउनुभयो ।   ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्