२ आश्विन २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

प्रधान सेनापति ट्रफी–२०८१ प्रतियोगिता सुरु

काठमाडौं । प्रधान सेनापति ट्रफी–२०८१ प्रतियोगिता आजदेखि सुरु भएको छ ।

आइतबारबाट नेपाली सेनाको मुख्यालयमा प्रधान सेनापति अशोकराज सिग्देलले शुभारम्भ गरेसँगै प्रधान सेनापति ट्रफी प्रतियोगिता सुरु भएको हो ।
सेनाका अनुसार प्रधान सेनापति ट्रफी प्रतियोगिता भदौ ३० गतेदेखि असोज १५ गतेसम्म सञ्चालन हुने छ ।

८ विधामा सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स समावेश गरिएको छ ।
यसैबीच, प्रतियोगिताको उद्घाटनका अवसरमा पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र महिलातर्फ एञ्जिला कार्की प्रथम भएका थिए ।

कार्यक्रममा खेलाडीबाट विभिन्न खेल कौशल प्रदर्शन गरिएको थियो ।
खेलको माध्यमबाट मित्रताको अवधारणा अनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको सेनाले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले विसं २०६५ देखि प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्