२ आश्विन २०८१, बुधबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

संविधान दिवसमा दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ हुने

काठमाडौं । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत नागरिक आयोजक समितिले संविधान दिवस असोज ३ गते ‘नेशनल डे कन्सर्ट’ मनाउने जनाएको हो ।

उक्त कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकको विश्वास छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवा पुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुरÞ्याउने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्