४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

निङ्गलाशैनीमा आज अनन्त चतुर्दशी मेला, स्थानीय सरकारद्वारा सार्वजनिक बिदा

१ असाेज, बाजुरा । बैतडीको दशरथचन्द नगरपालिका – २ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको मेला लाग्दै छ । मेला आइतबारदेखि सुरु भइसकेको भएपनि जात्राको मुख्य दिन आज रहेको छ ।

मेलाको अवसरमा दशरथचन्द नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । जात्राका अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्