४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

रुसको सुदूरपूर्वमा तीन जना सवार हेलिकप्टर बेपत्ता

१ असोज, एजेन्सी । रुसको सुदूरपूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर ६६ हेलिकप्टर बेपत्ता भएको स्थाअन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जानकारी दिएका छन् ।

रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार हेलिकप्टरले सोमबार आफ्नो आपत्कालीन ‘बीकन सिग्नल’ सक्रिय गर्यो । बिकन साना भौतिक यन्त्र हुन्, जसले रेडियो सिग्नल प्रसारण गर्छ । यो स्मार्टफोनद्वारा पत्ता लगाउन सकिन्छ । हाल खोजी तथा उद्धार कार्य जारी छ ।

जेया नगरपालिका जिल्लामा दर्ता नगरी उडान गरिरहेको हेलिकप्टर बेपत्ता भएको प्रेस सेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्