३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एन्फा महिला लिग फुटबल प्रतियोगितामा लगातार विजयी हुँदै नेपाल एपिएफ क्लब शीर्षस्थानमा

१ असोज, काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ ।

प्रतियोगितामा सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । यसैगरी आजै भएको अर्को खेलमा कोशी प्रदेशलाई ५–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा उक्लिएको छ ।

आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान २ तथा हिमा चौधरीले १ गोल गरिन् । जित पछि आर्मी ६ खेलमा १३ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको हो ।।

प्रतिक्रिया दिनुहोस्