३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

सुरेन्द्र पाण्डेले भने-अहिले संविधानमाथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक

१ असोज, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले हिजो नयाँ संविधानको आवश्यकता किन पर्‍यो र आज त्यही संविधान माथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताएका छन् ।

नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको संविधान कार्यान्वयनको १० वर्षस् अनुभव, चुनौती र अबको बाटो विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले के गर्नको लागि संविधान बाइयो र के आवश्यकता पुरा भएन र आज संविधान प्रति असन्तुष्टि बढेको छ भन्ने विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए । ‘एउटा कुरा खोज्ने, अर्को कुरा परिणाम आएन भनेर रिसाएर हुन्छ ?’ उनले भने ।

नेपालको वर्तमान संविधान समावेशिता भएन, सबैको सहभागिता भएन भनेर त्यसलाई सम्बोधन गर्न बनेको पाण्डेले बताए । संविधान बनाउने बेलामा विकासको बहस नै नभएको पाण्डेले दाबी गरे ।

संविधान बनाउन आर्थिक विकासको लागि आर्थिक संरचना कस्तो हुनपर्छ भन्ने विषयमा छलफल नै नभएको उनले बताए ।

आर्थिक विकासको मुख्य ड्राइभ गर्ने निकाय कुन हो भन्ने नै नेपालमा स्पष्ट नभएको उनले बताए । सबैलाई कारबाही गर्न सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्था बनाएर राजनीतिले समस्या समाधान गर्न सक्दैन भन्ने भाष्य निर्माण गरिएको उनको धारणा छ ।

काम गर्‍यो कि कुन बेला कारबाही हुने हो भने र कोही हस्ताक्षर नै गर्न तयार नभएका उनले बताए । यस्तो संरचना बनाएर विकासको काम अघि नबढ्ने उनले स्पष्ट पारे।

भ्रष्टाचार नियन्त्रण हुनुहुँदैन भनेर आफूले नभनेको भए पनि त्यसको नियन्त्रण कार्यकारीले गर्नुपर्ने उहाँले बताउनुभयो । त्यो गर्ने अधिकार नहुनु र गर्न नसक्नु नै राजनीतिको असफलता भएको उहाँको धारणा छ । राजनीति प्रति नै कसैको विश्वास छैन, जब राजनीतिमा आफैँ प्रति विश्वास छैन भने त्यो राजनीतिले ड्राइभ कसरी गर्छ ? सबैभन्दा माथि राजनीतिक संस्कार चाहियो, हाम्रो समस्या राजनीतिमा नै छ, समाधान त्यहीँ खोज्नु पर्छ’, उनले भने ।

समानुपातिक निर्वाचन नराख्दैमा वा थ्रेस होल्ड बढाउँदैमा पनि एक दलको सरकार बन्न नसक्ने उनले बताए । त्यसको उदाहरण भारत भएको बताउँदै पाण्डेले समस्याको समाधान राजनीति भित्रबाटै खोज्नु पर्ने बताए । राजनीतिमा प्राविधिक कुराहरूले त्यति धेरै महत्त्व नराख्ने उनको धारणा छ ।

अब पुरानै कुराबाट अध्ययन गरे नहुन पनि उनले बताए। अब हरेक कुरालाई नयाँ कोणबाट विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए । वर्ग परिवर्तन भइसकेकोले अब त्यसलाई त्यही कोणबाट विश्लेषण गर्नुपर्ने पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्