३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सेती ट्याक्टर दुर्घटना : चालक मृत पाइए

२ असोज,  बझाङ ।  बझाङमा ट्याक्टर सेती नदीमा खस्दा बेपत्ता भएका चालक मृत फेला परेका छन् । ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढाको नदीबाट मृत अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।

ट्याक्टरमा सवार सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती पनि सेती नदीमा बेपत्ता छन् । उनी भने अझै फेला परेका छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुधबार बिहान बझाङको दुर्गाथली गाउँपालिका-२ झनाना बजार नजिक सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सेती नदीमा खसेको थियो । ट्याक्टरमा सवार तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनीहरुको केदारस्युँ गाउँपालिका-९ झोता बजारस्थित भैरव स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्