३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

१३ जिल्लामा नयाँ सिडिओ खटिए

२ असोज, काठमाडौँ । गृह मन्त्रालयले १३ जिल्लामा नयाँ सिडिओ खटाएको छ । मन्त्रालयले बुधबार सहसचिव र उपसचिवको सरुवा गर्दै सिडिओ हेरफेर गरेको हो ।

मन्त्रालयले दाङमा कृष्ण प्रसाद लम्साललाई खटाएको छ भने दाङका सिडिओ रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै, जुम्लाका सिडिओ जय घिमिरेलाई भैरहवालाई अध्यागमनमा पठाएको छ । जुम्लामामा उपसचिव रामबहादुर शाहीलाई खटाएैका छ।

त्यस्तै, रसुवामा वेदनिधी खनाललाई हटाएर अर्जुन पौडेललाई पठाइएको छ । रामेछापमा राजु प्रसाद पौडेल, रोल्पामा रोमबहादुर महत, मुगुमा कमलप्रसाद पाण्डे, बझाङमा ओम प्रसाद भट्टराई सिडिओ बनेका छन् । हुम्लामा नारायण पाण्डेय, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, पूर्वी रुकुममा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, मुस्ताङमा विष्णु प्रसाद भुसालले सिडिओको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्