३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार विशेष समाचार समाचार

दुर्गा प्रसाईलाई प्रहरीले किन पक्राउ गरेन ?

३ असोज, काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध मुद्दामा पक्राउ पूर्जी जारी भएपनि प्रहरीले पक्राउ गर्न माथिल्लो निकायबाट आदेश पाएको छैन । स्रोतका अनुसार प्रसाईलाई तत्काल पक्राउ नगर्नु भन्ने निर्देशन गृह मन्त्रालयको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबार प्रसाईसहित तीनजनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले केही बिद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनलाई पक्राउको अनुमति मागेको थियो । अनुमति पाएपछि पनि प्रहरी टोली उनलाई पक्राउ गर्न गएको छैन । प्रसाई घरमै बसेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरूविरुद्ध सार्वजनिक गालीबेइज्जती हुनेगरी उनले अभिव्यक्ति दिदै आएका छन् । साथै, मारवाडी लगायत समुदायविरुद्ध साम्प्रदायिक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पूर्जी जारी भएपछि प्रसाईले बुधबार साँझ पत्रकार सम्मेलन गरेका थिए । केपी ओलीको सरकार राणा शासनभन्दा निरकुंश बनेको उनको आरोप छ । पक्राउ पूर्जीविरुद्ध बुधबार उनले चक्काजाम गर्न लागेका छन् ।
स्रोतका अनुसार प्रहरीले उनलाई निगरानीमा राखेर केही दिनपछि मात्र पक्राउ गर्ने रणनीति बनाएको छ । अझै पनि नसुध्रिएमा उनलाई पक्राउ गरिएको एक अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्