३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी

३ असोज, काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । उनीसँगै कार्यक्रममा सरकारका अन्य मन्त्रीहरू पनि सहभागी भए ।

कन्सर्टमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरूसँग संविधान दिवसको खुसी साटे । प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए ।

नागरिक र कलाकारबाट कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रूपमा मनाउन सबैमा आग्रह गरे । उनी उपस्थिति हुँदा ‘गाउँ गाउँबाट उठ…’ बोलको गीत प्रस्तुत भएको थियो ।

प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । कन्सर्टमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिएको थियो भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्