४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

धनगढीबाट ६ जुवाडे पक्राउ

४ असाेज,  कैलाली कैलालीको धनगढी उपमहानगरपालिका  ७ क्याम्पस चोक धनगढीबाट ६ जुवाडे पक्राउ परेका छन् । उक्त जवाडे प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रो तलाबाट बिहीबार  जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनीहरूको साथबाट नगद २३ हजार ३४० रुपैयाँ सहित १ गड्डी तास बरामद गरिएको र  पक्राउ परेकाहरूको पहिचान नखुलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्