४ आश्विन २०८१, शुक्रबार
विशेष समाचार समाचार समाज

कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु

४ असोज, कञ्चनपुर । कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको पानीमा डुबेर मृत्यु भएको हो ।

उनको शुक्लाफाँटा–११ दीपनगरमा सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्