४ आश्विन २०८१, शुक्रबार
खेलकुद विशेष समाचार समाचार समाज

एन्फा महिला लिगमा एपिएफ विजयी

४ असोज, काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रश्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोसी प्रदेशमाथि ८(० को जित निकाल्यो ।

प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अंक जोडेको  छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोसी प्रदेश १० अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा छ । एपिएफको जितमा रश्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्