४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय खेलकुद विशेष समाचार समाचार

एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी

४ असोज, काठमाडौँ । चीनमा जारी २० औँ एसियन कराते च्याम्पियनसिपमा करातेकी युवा खेलाडी एरिका गुरुङ फाइनल प्रवेश गरेकी छन् ।

शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । योसँगै एरिका एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एरिकाले प्रि-क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

उपाधिका लागि एरिकाले आइतबार भियतनामकी नाओन थि नुयेनसंग खेल्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्