५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ

५ असाेज, काठमाडौँ । बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन।

उनलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च  लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित पक्राउ गरेको हो। साथै उनको साथबाट खैरो रंगको दाँत,  र पञ्जा समेत फेला पारेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्