५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

ससुरा मृत फेला, ज्वाइँ फरार

५ असाेज, विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ मा बस्दै आएका चन्द्रबहादुर तामाङको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । पथरी शनिश्चरेको मायालु चोकमा आफ्नै घरभित्र तामाङ मृत फेला परेका छन् । उनको शरीरका विभिन्न स्थानमा चोट छ । मृत भेटिएका तामाङको शव नजिक रगत लतपतिएको प्रहरीले जनाएका छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले आफ्नै घरको प्यासेजमा चन्द्रबहादुरको शव भेटिएको जानकारी दिए ।

‘रगतमा डुबिरहेको अवस्थामा शव फेला परेको छ, बताए । उनले भने, ‘मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरू छन् ।’ घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर चन्द्रबहादुरको हत्या गरेजस्तो देखिने डीएसपी दाहालले बताए । स्थानीयले घटनाको जानकारी दिए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धानमा डीएसपी दाहाल आफैँ खटिएका छन् ।

सो घरमा उनी ज्वाइँ रविन राईसँग बस्दै आएका थिए । घटनापछि ज्वाइँ राई भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीका अनुसार रविन ससुराली घरमा बस्दै आएको थिए । दुवै ज्वाइँ ससुरा ज्यामी काम गर्दै आएका छन् । सो घरमा ज्वाइँ ससुरा मात्रै बस्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्