Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बहुमुल्य (लघुकथा)

रातो कागज
7 महिना अघि

कक्षा कोठामा पढाउँदै गर्दा शिक्षकले तीनजना बिद्यार्थीलाई पालैपालो सोधे, “मेरो शरीरलाई हेर, मैले लगाएको सबैभन्दा बहुमूल्य चिज के हो? सही जवाफ दिनेलाई नगद पुरस्कार दिनेछु।” पहिलो बिद्यार्थीले तुरुन्तै शिक्षकले लगाएका टोपीतिर औंल्यायो र भन्यो, ” सबैभन्दा महंगो चिज तपाईंले लगाउनुभाको टोपी हो सर।

यो ढाका टोपी धेरै महंगो हुन्छ यसलाई दराजमा राखिदेउ भनेर मेरो बुबाले आमालाई भन्नूभाको थियोे। दोस्रो विद्यार्थीले शिक्षकको जुत्तातिर औंल्याउँदै भन्यो: “यो तपाईंले लगाउनुभाको जुत्ता हो सर। छालाको जुत्ता धेरै महंगो हुन्छ, र छालाको जुत्ता अरु जुत्ता झै पसलमा सजिलै पाइँदैन।” तेश्रो बिद्यार्थीले शिक्षकले लगाउनुभाको बेल्ट तर्फ औंल्यायो र भन्यो, “तपाईंले लगाउनुभाको छालाको बेल्ट हो सर, कम्मरमा बाधिने बेल्ट हेर्दा सस्तोमा पाइन्छ भन्ने लाग्छ तर दुई हजार माथि पर्छ सर।”

शिक्षकले अधीरतापूर्वक आफ्नो टाउको हल्लाए र भन्नुभयो: “तिमीहरू सबै गलत छौ। तिमीहरू कसैले पनि सहि जवाफ दिएनौं।” उनीहरु मध्य एउटा बिद्यार्थीले शिक्षकलाई सोध्यो: “हामीलाई भन्नुहोस् न सर, तपाईले लगाउनुभाको सबैभन्दा बहुमूल्य चीज के हो?”

शिक्षकले मित्रवत स्वरमा भन्नुभयो: “तिमीहरू सबैले जान्नुपर्छ कि मैले लगाएको सबैभन्दा बहुमूल्य चीज मेरो टोपी, मेरो जुत्ता, वा मैले लगाको लेदरको बेल्ट होइन..यो मैले लगाको घडी हो। यो घडी पाँच सयको भएपनि यस घडिले समयको प्रतिनिधित्व गर्छ। हामीसँग समय अमूल्य छ किनकि जीवन छोटो छ अर्कोपल के हुन्छ हामीलाई थाहा हुँदैन। हामीलाई थाहा छ पैसा कति सन्तुलित छ, तर हामीलाई थाहा छैन कि हाम्रो जीवनमा समय कति सन्तुलित छ भनेर। हराको वा खेर गएको पैसा फ़ेरि कमाउन सकिन्छ तर गएको समय सधैंको लागि जान्छ, हामीले यसलाई कहिल्यै फिर्ता पाउन सक्दैनौं।

जीवनमा केही राम्रो गर्न समयको अर्थ र महत्त्व बुझ्नुपर्छ। हामी मध्ये धेरैले समयको महत्त्व बुझ्दैनौं। हामीले मनोरञ्जन रमाइलो र त्यस्ता कुराहरूमा समय खेर फाल्छौ जुन सधैं सफल जीवनको लागि महत्त्वपूर्ण हुँदैन। समयलाई सधैं सहि र सकारात्मक प्रयोग गरौं। निर्णय अहिले नै लिनु पर्छ किनकि निर्णय गर्न ढिलो गर्यौंभने आफ्नो सोच बनाउनु भन्दा अगाडी अवसर पनि बित्न सक्छ। जीवनको कुनै पनि मोडमा बिना उदेश्य र अर्थको समय कहिल्यै खेर फाल्नु हुँदैन।।

फेसबुकबाट तपाईको प्रतिक्रिया