कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु
५ असाेज, कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । वेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेक बहादुर मल्लको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो ।
रूखको हाँगा काट्ने क्रममा हाँगा बिजुलीको तारमा खसेर तार चुँडिँदा करेन्ट लागेर घाइते भएका मल्लको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्