६ आश्विन २०८१, आईतवार
अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्य हालसम्मकै उच्च

६ असाेज, काठमाडौं  ।  साताको  पहिलो  कारोवार  दिन आइतबार  सुनको  मूल्य हालसम्मकै  उच्च बिन्दुमा पुगेको  छ । आज छापावाला सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य १ हजार सात सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले  बढेकोे छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ९ सय २० रुपैयाँ निर्धारण भएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्