६ आश्विन २०८१, आईतवार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

६ असाेज, वासिङटन डिसी । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी भएका छन् ।

केही बेर अघि प्रारम्भ भएको उक्त समिटमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी छन् । प्रधानमन्त्री ओलीले आजै समिट फर फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्