६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार

पूर्व डिआइजी जोशीलाई कास्की पुर्‍याइयो

६ असाेज, काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी)तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्‍याएको छ ।

आइतबार अपराह्न पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पुर्‍याएको हो । कास्की प्रहरीका अनुसार जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्