७ आश्विन २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

साफ यु-१७ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

७ असाेज, काठमाडौँ । भुटानमा भइरहेको साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्