कोसी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस
७ असाेज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोसी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरु जुलुसमा सहभागी भएका थिए । जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशीता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो ।
जसपा नेपालले कोसी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको छ ।
जिल्ला समन्वय समितिकोको सभा हलमा जसपा नेपालले आजै आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस्