७ आश्विन २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई

७ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् ।

सामाजिक सन्जालबाट ओलीले कार्यकाल सफलताको शुभकामना दिएका हुन् । नेपाल र श्रीलंकाको मित्रता र सहकार्य बढाउनको लागि आफू तयार भएको ओलीले बताएका छन् ।

ओली अगाडि पूर्वप्रधानमन्त्री प्रचण्डले अनुरालाई चुनाव जितेकोमा बधाई र श्रीलंकाली जनतालाई मार्क्सवादीलाइ जिताएकोमा सलाम भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्