८ आश्विन २०८१, मंगलवार
जीवनशैली मनोरन्जन विशेष समाचार समाचार समाज

थारु सांस्कृतिक संगित विकास मञ्चले आयोजना गर्ने जितिया महोत्सवको तयारी पुरा

८ असोज, काठमाडौं । थारू महिलाहरुको महान पर्व जितिया आजबाट शुरु भएको छ । काम विशेषले घर जान नपाएका र राजधानीमा बसोबास गर्ने थारु महिलाहरु राजधानीमै जितिया महोत्सबको आयोजना गर्दै आएको छ ।

संगीत कला मन्दिरले कुपण्डोलमा आयोजना गर्ने जितिया महोत्सबको तयारी पुरा भएको जनाएको छ । आयोजकले ब्रतालु महिलाहरुका लागि जितमहानको पुजा गर्ने, कथा सुन्ने र थारु संस्कृति झल्किने विभिन्न नाचगानको कार्यक्रम हुने जनाएको छ ।

सन्तानको दीर्घायु, सुख, समृद्धि र मनोकामना पुरा गराउन तराईका आदिवासी थारु महिलाहरुले जितिया पर्व मनाउदै आएका छन् । तीन दिनसम्म मनाईने जितियाको आज लाइ नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।

योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनहरू माइतमा आएका छन् भने माइत आउन नसक्नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् ।

यता, काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरूले यसवर्ष पनि तीन ठाउँमा जितियालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी गरेका छन्।

थारू महिला समाज, उपत्यका समितिले काठमाडौंको राष्ट्रिय नाँचघर जमल, थारू महिला सभाले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप र थारू, थारु सांस्कृतिक संगित विकास मञ्चले कुपण्डोलमा छुट्टाछुट्टै जितिया महोत्सवको आयोजना गरेका छन् ।

‘पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाउँदै आएका छन् । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने ९नाँच गान० गर्ने चलन छ ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरुले २०६० सालदेखि  जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँदै आएको छ ।

थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन आज मंगलबार, ब्रत बुधबार र समापन बिहीबार रहेको छ ।

ब्रतालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना खैर र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन ब्रतालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।

जितियाको अन्तिम तथा पारन ९समापन०को दिन ब्रतालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्