९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

९ असाेज, काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मंगलबार राती कैलारी गाउँपालिका – ५ मनिकापुर स्थित बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उक्त मोटरसाइकलमा पछाडी सवार स्थानीय १७ वर्षीय सागर बिकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बिकको बुधबार बिहान मायामेट्रो अस्पताल धनगढी उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल चालक स्थानीय १८ वर्षीय जोनसोन चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्