९ आश्विन २०८१, बुधबार
अन्तराष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

एएफसी यु-२० एसियन कप छनोट : आज नेपाल र उज्वेकिस्तान भिड्दै

९ असाेज,  काठमाडौँ । एएफसी यु-२० एसियन कप छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले आज आफ्नो तेस्रो खेल उज्वेकिस्तानसँग खेल्दैछ ।

नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।

समूह बी मा नेपाल र उज्वेकिस्तान दुवैको समान ३ अंक छ । तर गोलअन्तरमा उज्वेकिस्तान अघि रहँदै शीर्ष स्थानमा छ । नेपालले भने दुई खेल खेल्दा एक मा जित र एकमा हारको नतिजा निकालेको थियो । नेपाल उज्वेकिस्तान र बहराइनभन्दा पछि तेस्रो स्थानमा छ ।

पहिलो खेलमै कम्बोडियासँग ४-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गर्दै पहिलो अंक जोडेको थियो ।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यु-२० एसिया कपको छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यु-२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्