९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

वडाध्यक्ष तिलकराम यादवको निधन

९ असाेज,  काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ।

भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए।

यादव नेपाली काँग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए। यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्