९ आश्विन २०८१, बुधबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

ला लिगा : डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित

९ असाेज, काठमाडौं । स्पेनिस ला लिगामा  रियल म्याड्रिडले  डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ ।

एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो ।

रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे ।

रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका  कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे। यी गोल ८५ र ८७ औँ मिनेटमा भए ।

रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो ।

मंगलबारका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हरायो भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्