९ आश्विन २०८१, बुधबार
अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै

९ असाेज, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कोरोवार भैइरहेको छ।

प्रतिक्रिया दिनुहोस्