९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाज

एनएनसिएको प्रथम अधिवेशन असोज १२ मा हुँदै

९ असाेज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसिए) ले प्रथम अधिवेशन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले असोज १२ गते प्रथम अधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो ।

संघले अधिवेशन मार्फत सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको पनि जनाएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसिए) ले सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको छ । ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्य बोकेको छ । आहारपुरक र सौन्दर्यवर्द्धक व्यवसायमा धुमिल भन्दा बाहिर जाने व्यवसायीलाई कारबाही गर्ने र सरोकारवाला निकायको समन्वयमा बजार अनुगमनमा सहजीकरण र सहयोग गर्ने समेत जानकारी गराउन चाहन्छु ।’

आफूलाई मन पर्ने कम्पनीको क्रिम, सन–प्रोटेक्सन खरिद गर्न न्युट्रास्युटिकल र कस्मास्युटिकलका उत्पादनहरू उपभोक्ताले छानीछानी खरिद गर्न सक्ने भएतापनि नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टा छुट्टै भएकाले पनि समस्या सिर्जना गरेको संघको भनाई छ  ।

संघले आम उपभोक्ताहरूले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्