९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुदै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँकुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य हुने बताए ।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्र्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
‘अन्र्तराष्ट्रिय विमान स्थल देशको ऐना हो । आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’

गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवा मुखी हुन जरुरी रहेको बताए ।

सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयकालागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयकालागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समय क्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्