९ मंसिर २०८१, आईतवार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

१० असाेज, वाशिङ्गटन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो ।

नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्