१० आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाज

पहिरो खस्दा कर्णाली राजमार्ग बिहानैदेखि बन्द

काठमाडौं । वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् ।

प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्